दफा
सूचना तथा सञ्चार प्रविधि सम्बन्धी उच्योग क्षेत्रको विकास
११.६.१ सूचना तथा सञ्चार प्रविधिमा आधारित साना तथा मझौला व्यवसाय (Small and Medium Enterprises SME) मा लक्षित परियोजना तर्जुमा गरी लागू गरिनेछ ।

११.६.२. नीति निर्माता, नियामक संस्था, दूर सञ्चार सेवा प्रदायक तथा उपभोक्ता समेतको सहभागितामा अन्तरक्रिया परामर्श एवं सम्वाद सहजीकरणको लागि एक संयन्त्र निर्माण गरिनेछ ।

११.६.३ विदेशी कम्पनीहरुबाट स्थानीय कम्पनी, संघसंस्थालाई प्रविधि हस्तान्तरण (Technology Transfer) का साथै वैदेशिक लगानी प्रवर्दन गर्न विशेष रणनीति अवलम्वन गरिनेछ ।

११.६.४ अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सूचना तथा सञ्चार उद्योग क्षेत्रको विकास गर्न विशेष कार्यक्रम तर्जुमा गरी लाग्‌ गरिनेछ । सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विदेशी श्रोत समेतको परिचालन गरी लागू गरिने परियोजनाहरुमा स्वदेशी व्यवसायीहरुलाई सहभागी हुने बातावरण निर्माण गरिनेछ ।

११.६.५ नेपाल एकीकृत वाणिज्य रणनीति (Nepal Trade Integration Strategy, 2010) मा आधारित वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सूचना प्रविधि तथा सूचना प्रविधि प्रवर्द्धित सेवाहरु (IT-ITES /BPO) व्यापार प्रवर्द्धन इकाई स्थापना गरिनेछ ।

११.६.६ वौद्धिक सम्पत्तिको अधिकार, गोपनीयता तथा सूचना संरक्षणका क्षेत्रहरुमा विद्यमान समस्या निराकरणका लागि विशेष नियामक व्यवस्था लागु गरिनेछ ।

११.६.७ निजी क्षेत्र समेतको सहभागितामा सफ्टवेयर तथा सेवा उद्योग प्रवर्द्धन वोर्ड (Software & Services Promotion Board) स्थापना गरिनेछ ।

११.६.८ नेपालमा सूचना तथा सञ्चार प्रविधिजन्य उद्योग एवं सेवाहरुको विस्तृत विवरण संकलन गर्न तथा यस क्षेत्रले भोगिरहेको चुनौती, प्रतिस्पर्धात्मक क्षमता र अवसरहरुको वारेमा सन्‌ २०१६ भित्र एक विस्तृत अध्ययन (Diagnostic Study) गरिनेछ ।

११.६.९ काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित सूचना प्रविधि पार्कमा लगानी आकर्षित गर्न विशेष उपाय अवलम्वन गरिनेछ ।